कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार नजिक, २४ घन्टामा ८० जना स्वस्थ



Download our app to get more features

काठमाडौं, ६ साउन । देशभर कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार नजिक पुगेको छ ।

गत २४ घन्टामा देशभर ४ सय ५६ जना नयाँ सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ८ सय ४१ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३ हजार ८ सय ३८ कोरोना परीक्षण गरिएको छ । जसमा २ हजार १ सय ६८ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ३ सय ७४ जना र १ हजार ६ सय ७० एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ८३ हजार १ सय ३ र एन्टीजेन विधिबाट १ लाख ४१ हजार ३ सय २९ जना कोरोना सङ्क्रमित भएका छन् ।

गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्य थप ८० जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।

नेपालमा हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६८ हजार ३ सय ८ रहेको छ भने ११ हजार ९ सय ५४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts