२४ घन्टामा देशभर थपिए ३ सय ३५ नयाँ सङ्क्रमित, ८६ जना स्वस्थ



Download our app to get more features

काठमाडौं, ७ साउन । देशभर थप ३ सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २ हजार ९ सय ९६ कोरोना परीक्षण गरिएको छ । जसमा आरटी पिसिआर विधिबाट गरिएको १ हजार ८८ परीक्षणमा २ सय १६ जना र १ हजार ९ सय ८ एन्टीजेन विधिबाट गरिएको परीक्षणमा १ सय १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ८३ हजार ३ सय १९ र एन्टीजेन विधिबाट १ लाख ४१ हजार ४ सय ४८ जना सङ्क्रमित भएका छन् ।

गत २४ घन्टामा देशभर ८६ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६८ हजार ३ सय ९४ पुगेको छ ।

गत २४ घन्टामा देशभर २ लाख ३६ हजार ७ सय ३८ जनाले कोरोनाविरुद्धको खोप  लगाएका छन् ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ९ सय ७१ रहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts