विशेषज्ञ चिकित्सकहरूको नाम दर्ता परीक्षामा ३ सय २५ जना उत्तीर्ण



Download our app to get more features

काठमाडौं, ८ साउन । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकहरूको नाम दर्ता परीक्षामा ३ सय २५ जना मात्रै उत्तीर्ण भएका छन् ।

काउन्सिलले शनिवार लिएको परीक्षामा ४ सय ७४ जना सहभागी भएका थिए । जसमा ३ सय २५ जना उत्तीर्ण भएका हुन् । यो कुल प्रतिशतको ६८ दशमलव ५७ प्रतिशत हो ।

काउन्सिलका अनुसार विशेष परीक्षामा विभिन्न ४५ वटा विषयमा स्नातकोत्तर गरेका परीक्षार्थीहरू सहभागी थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts