देशभर थप १ जनाको कोरोनाका कारण मृत्यु, थपिए ५ सय ६८ नयाँ सङ्क्रमित



Download our app to get more features

काठमाडौं, ९ साउन । देशभर गत २४ घन्टामा थप एकजनाको कोरोनाका कारण मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्ये थप एकजनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । यसअघि आइतवार मात्रै २ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।

पछिल्लो समय नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या बढ्ने चिन्ता थपिँदै गएको छ । नेपालमा कोरोनाका कारण हालसम्म ११ हजार ९ सय ५७ जनाको मृत्यु भएको छ ।

गत २४ घन्टामा देशभर थप ५ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर ४ हजार ८ सय कोरोना परीक्षण गरिएको छ । जसमा ३ हजार ८४ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ४ सय ५३ जना र १ हजार ७ सय १६ एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ८४ हजार ७४ र एन्टिजेन विधिबाट १ लाख ४१ हजार ६ सय ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । 

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ९५ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६८ हजार ५ सय ८४ पुगेको छ । 

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ५ सय ३४ रहेको छ भने गत २४ घन्टामा देशभर ६३ हजार ३ सय ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts