२४ घन्टामा देशभर थप २ जनाको कोरोनाका कारण मृत्यु, थपिए ६ सय ३८ सङ्क्रमित



Download our app to get more features

काठमाडौं, १० साउन । देशभर थप २ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्य थप २ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ५९ पुगेको छ ।

गत २४ घन्टामा देशभर थप ६ सय ३८ नयाँ सङ्क्रमित थपिएका छन् ।

मन्त्रालयको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर ५ हजार ५५ कोरोना परीक्षण गरिएको छ । जसमा २२ सय १५ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ४ सय जना र २८ सय ४० एन्टीजेन विधिबाट गरिएको परीक्षणमा २ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्य थप २ सय १८ जना स्वस्थ भएका छन् भने हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ७ सय १४ रहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts