देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार नजिक, २४ घन्टामा १ जनाको मृत्यु



Download our app to get more features

काठमाडौं, ११ साउन । देशभर थप ५ सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ४ हजार ४ सय ५४ कोरोना परीक्षण गर्दा ५ सय ६४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर आरटी पिसिआर विधिबाट २ हजार ७ सय ७८ परीक्षण गर्दा ४ सय १८ जना र १६ सय ७६ एन्टीजेन विधिबाट गरिएको परीक्षणमा १ सय ४६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ८४ हजार ८ सय ९३ र एन्टीजेन विधिबाट १ लाख ४१ हजार ९ सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

देशभर नयाँ सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार नजिक पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ९ सय २९ रहेको छ ।

गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्य थप २ सय २ जना स्वस्थ भएका छन् भने १ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६९ हजार ४ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ६० पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts