वीर अस्पतालले मनायो १ सय ३३ औँ वार्षिकोत्सव



Download our app to get more features

काठमाडौं, १२ साउन । वीर अस्पतालले १ सय ३३ औँ वार्षिकोत्सव मनाएको छ ।  

नेपालको सबैभन्दा बुढो अस्पतालको रुपमा चिनिने वीर अस्पतालले स्थापनाकालदेखि नै देशभरका नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्दै आएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अस्पतालको स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै स्वास्थ्य सेवाको गुणस्तरलाई थप प्रभावकारी ढङ्गले अघि बनाउनु पर्ने बताए । 

उनले आम जनताको स्वास्थ्य उपचारको केन्द्र बनेको देशकै सबैभन्दा पुरानो अस्पताल वीरले आफ्ना सेवाहरूलाई समय सापेक्ष स्तरोन्नती गर्दै लैजानुपर्ने पनि उल्लेख गरे । 

उनले भूकम्म र कोभिड –१९ महामारीका बेला अस्पतालले दिएको सेवाको प्रशंशा समेत गरे ।

कार्यक्रममा स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले वीरको सेवा नागरिकको पहुँचमा पुग्ने गरी अघि बढाउन निर्देशन दिए ।

Last modified on 2022-07-28 13:35:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts