देशभर कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै, २४ घन्टामा थप २ जनाको कोरोनाका मृत्यु



Download our app to get more features

काठमाडौं, १३ साउन । देशभर थप ५ सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ४ हजार २ सय ८२ कोरोना परीक्षण गर्दा ५ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर २ हजार ४ सय ७४ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ४ सय ९१ जना र एन्टीजेन विधिबाट गरिएको १ हजार ८ सय ८ परीक्षणमा १ सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ९५ हजार ८ सय ८ र एन्टीजेन विधिबाट १ लाख ४२ हजार ३ सय ७३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्य थप २ सय ६९ जना स्वस्थ भएका छन् भने २ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ६४ पुगेको छ भने कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६९ हजार ४ सय ८८ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts