एसिड आक्रमणमा परेका पीडितहरूले देशको ४ अस्पतालबा निःशुल्क सेवा लिन पाउने



Download our app to get more features

काठमाडौं, १४ साउन । सरकारले एसिड आक्रमणमा परेका पीडितहरूका लागि चार अस्पतालमा निः शुल्क उपचारको व्यवस्था गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै एसिड आक्रमण पीडितले कुनैपनि स्वास्थ्य संस्थामा आकस्मिक उपचार निःशल्क पाउने र थप उपचार गर्नुपरेमा सरकारले तोकेको चार अस्पतालमा सेवा लिन पाउने बताएको छ ।

मन्त्रीपरिषदबाट निर्णय भए बमोजिम, ‘एसिड आक्रमणमा परेका पीडितहरूको उपचार सम्बन्धी कार्यविधि, २०७८’ अनुसार पीडितहरूले आकस्मिक उपचारका लागि देशको कुनैपनि स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार सेवा लिन पाउने मन्त्रालयको सूचनामा भनिएको छ । 

त्यसबाहेकको थप उपचारका लागि काठमाडौं उपत्यकाका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा निःशुल्क उपचार सेवा लिन पाउने पनि सूचनामा उल्लेख गरिएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts