देशभर ३ हजार ६ सय ९९ कोरोना परीक्षण गर्दा ४ सय ३८ जनामा संक्रमण पुष्टि



Download our app to get more features

काठमाडौं, १४ साउन । देशभर थप ४ सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ३ हजार ६ सय ९९ कोरोना परीक्षण गर्दा ४ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर १ हजार ७ सय ७९ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा २ सय ९२ जना र एन्टीजेन विधिबाट गरिएको १ हजार ९ सय २० परीक्षणमा १ सय ४६ जनामा सङ्क्रमण पुष्टि भएको छ।

गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्य थप २ सय ७७खजना स्वस्थ भएका छन् भने २ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts