पाँच महिनादेखि प्रमुख विहीन रहेको स्वास्थ्य कार्यालय चितवनमा चापागाईं नियुक्त



Download our app to get more features

चितवन, १५ साउन । स्वास्थ्य कार्यालय चितवनको प्रमुखमा वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईं चयन भएका छन् । वागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा कार्यरत उनी स्वास्थ्य कार्यालय चितवनको प्रमुख भएर आएका हुन् । चितवन जिल्लाकै स्थायी बासिन्दा चापागाईं भरतपुर महानगरपालिका–५ निवासी हुन् ।

उनले बिहीवारदेखि स्वास्थ्य कार्यालय चितवनको प्रमुखको जिम्मेवारी सम्हालेका छन् । बाग्मती प्रदेश सरकार मन्त्री स्तरीय निर्णय अनुसार उनलाई गत माघमा नै सो जिम्मेवारी दिएको भएपनि कामकाजमा वागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा नै खटाइएको थियो । 

स्वास्थ्य कार्यालय चितवन पाँच महिनादेखि प्रमुख विहीन रहेको थियो । कार्यालयको जिम्मेवारी निमित्त प्रमुख राम कुमार केसीले सम्हालेका थिए ।

यसअघि कार्यालय प्रमुखमा वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपकबाबु तिवारी रहेका थिए । उनी सरुवा भएर बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयमा गएपछि झन्डै पाँच महिनादेखि चितवनको स्वास्थ्य कार्यालय निमित्त प्रमुखको भरमा थियो । तिवारी सरूवा भई हेटौंडा भएपछि चापागाईं र तिवारी दुवै जना वागमती प्रदेश स्वास्थ्य मन्त्रालयमा झन्डै पाँच महिना एकै ठाउँमा कार्यरत थिए ।

Last modified on 2022-07-31 08:24:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts