चितवनमा फेरि तीव्र रूपमा फैलदै कोरोना, सबै स्थानीय तहमा संक्रमण देखियो



Download our app to get more features

चितवन, १५ साउन । चितवनमा कोरोना भाइरस तीव्र रूपमा फैलँदै गएको छ । असारको तेस्रो सातासम्म शून्य रहेको चितवनमा फेरि संक्रमणदर बढे्को हो ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार अहिले जिल्लाका सबै स्थानीय तहमा संक्रमण देखिएको छ । शनिवार दिउँसोसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या ६२ पुगेको छ । साताको पहिलो दिन आइतबार यो संख्या २९ मात्र थियो । एक सातामै १ सय १४ प्रतिशतले नयाँ संक्रमित थपिएका छन् । जबकि असार २२ गते जिल्लाभर १ जना मात्रै संक्रिय संक्रमित रहेका थिए । यो साता मंगलबार दिउँसोसम्म यो संख्या ४१ पुगेको थियो । त्यस्तै, बुधवार बढेर ५४ पुगेको थियो ।

कुन स्थानीय तहमा कति छन् सक्रिय संक्रमित ?

जिल्लामा सबैभन्दा बढी सक्रिय संक्रमित रहेका भरतपुर महानगरपालिकामा ५४ जना छन् ।

त्यस्तै, रत्ननगर नगरपालिकामा ३ जना संक्रिय संक्रमित छन् । अन्य स्थानीय तहमा कालिका नगरपालिका, राप्ती नगरपालिका, माडी नगरपालिका, खैरहनी नगरपालिका र जिल्लाको एकमात्रै गाउँपालिका इच्छाकामनामा भने समान १/१ जना सक्रिय संक्रमित रहेका छन् । यो शनिवार दिउँसोसम्मको तथ्याङ्क हो ।

जिल्लामा सक्रिय संक्रमित मध्ये ५७ जना होम आइसोलेसन र बाँकी ५ जना अस्पताल भर्ना भई उपचाररत्  छन् ।

नयाँ संक्रमित थपिएसँगै जिल्लाभर कोरोना संक्रमित हुनेको कुल संख्या ३३ हजार ६ सय ६० पुगेको छ । जसमध्ये जिल्लाभर मात्रै अहिलेसम्म ३३ हजार १ सय ४९ जना निको भइसकेका छन् । त्यस्तै, जिल्लाभर संक्रमित मध्ये अहिलेसम्म ४ सय ४९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य सावधानी अपनाउन आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भीडभाड नगर्न र सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ । घर बाहिर निस्कनु परेमा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले हात धुने नियम राम्रोसँग पालना गर्न समेत मन्त्रालयले सबैलाई अनुरोध गरेको छ ।

Last modified on 2022-07-31 09:14:01

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts