देशभर थप ६ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि, निको हुनेको सङ्ख्या बढ्दै



Download our app to get more features

काठमाडौं, १५ साउन । देशभर थप ६ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ५ हजार ८ सय ४६ कोरोना परीक्षण गर्दा ६ सय २० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर आरटी पिसिआर विधिबाट २ हजार ६ सय ५१ कोरोना परीक्षण गर्दा ४ सय ९६ जना र ३ हजार १ सय ९५ एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय २४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ८६ हजार ५ सय ९६ र एन्टीजेन विधिबाट १ लाख ४२ हजार ६ सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या पनि बढ्न थालेको छ । गत २४ घन्टामा मात्रै देशभर २ सय ९७ जना स्वस्थ भएका छन् ।

शनिवार पनि देशभर रहेका सक्रिय सङ्क्रमित मध्य २ सय ७७ जना स्वस्थ भएका थिए।

गत २४ घन्टामा देशभर थप १ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ५ सय ६७ रहेको छ ।

 

 

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts