धनगढीको नवजीवन अस्पतालमा डायलाइसिस सेवा सुरु 



Download our app to get more features

धनगढी,१७ साउन । कैलालीस्थित धनगढीको नवजीवन अस्पतालमा डायलाइसिस सेवा सञ्चालनमा आएको छ। मंगलबार एक कार्यक्रमका बीच सुदूरपश्चिम इन्टरनेशनल डायलाइसिस सेन्टरको उद्घाटन डाक्टर सुवेशराज कायस्थले गरेका हुन्। 

नवजीवन अस्पताल र मार्क इन्टरनेशनल किड्नी सेन्टरको संयुक्त लगानीमा डायलाइसिस सेन्टर सञ्चालनमा आएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत चक्र कडायतले बताए।  करिब ७ करोडको लगानीमा १० बेडको डायलाइसिस सेन्टर सञ्चालनमा आएको उनले बताए। 

अहिले ६ बेडबाट सेवा प्रवाह भइरहेको र बाँकी ४ वटामा मेसिन जडान भइरहेको अस्पतालले जनाएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts