देशभर एकैदिन थपिए ९ सय १२ नयाँ सङ्क्रमित, १ जनाको मृत्यु



Download our app to get more features

काठमाडौं, २० साउन । नेपालमा एकैदिन ९ सय १२ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ६ हजार ४ सय ९१ कोरोना परीक्षण गर्दा ९ सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

गत २४ घन्टामा देशभर २ हजार ९ सय ४२ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ५ सय २९ जना र एन्टीजेन विधिबाट गरिएको ३ हजार ५ सय ५० परीक्षणमा ३ सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ८९ हजार ३ सय ५० र एन्टीजेन विधिबाट १ लाख ४४ हजार १ सय ७५ जना सङ्क्रमित भएका छन् ।

गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्य थप ३ सय ७० जना स्वस्थ भएका छन् भने १ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ७१ हजार ६ सय २० पुगेको छ भने ११ हजार ९ सय ७० जनाको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ७ सय ६० रहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts