देशभर थपिए ६ सय ६० नयाँ सङ्क्रमित, निको हुनेको सङ्ख्या पनि बढ्दै



Download our app to get more features

काठमाडौं, २१ साउन । देशभर थप ६ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ४ हजार ६ सय ८२ कोरोना परीक्षण गर्दा ६ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्य थप ४ सय ४४ जना स्वस्थ भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो समय देखिएको कोरोना सङ्क्रमण खतरनाक नभएका कारण मानिसहरू निको हुने क्रम बढेको छ ।

जबकि गत २४ घन्टामा देशभरमा एकजनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा १९ सय ४२ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ३ सय २६ जना र २७ सय ४० एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ६ सय ४१ रहेको छ ।

 

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts