२४ घन्टामा देशभर ५ सय ५३ नयाँ सङ्क्रमित थपिए, मृत्यु हुनेको सङ्ख्या शून्य



Download our app to get more features

काठमाडौं, २२ साउन । गत २४ घन्टामा देशभर ५ सय ५३ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३ हजार ७ सय ८९ कोरोना परीक्षण गरिएको छ । जसमा २ हजार ४० आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ४ सय ५१ जना र एन्टीजेन विधिबाट गरिएको १७ सय ४९ परीक्षणमा १ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ९० हजार १ सय २७ र एन्टीजेन विधिबाट १ लाख ४४ हजार ६ सय ११ जना कोरोना सङ्क्रमित भएका छन् ।

गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्य थप ४ सय ३३ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ७२ हजार ४ सय ९७ पुगेको छ ।

गत २४ घन्टामा देशभर कसैको पनि कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छैन ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts