देशभर थपिए ९ सय ३४ नयाँ कोरोना सङ्क्रमित, ४ सय ७० जना स्वस्थ



Download our app to get more features

काठमाडौं, २३ साउन । देशभर थप ९ सय ३४ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ५ हजार ३ सय ५१ कोरोना परीक्षण गर्दा ९ सय ३४ नयाँ सङ्क्रमित थपिएका हुन् ।

मन्त्रालयको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर आरटी पिसिआर विधिबाट २ हजार ८ सय ६२ कोरोना परीक्षण गर्दा ४ सय ९८ जना र एन्टीजेन विधिबाट २ हजार ४ सय ८९ गर्दा ४ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ९० हजार ६ सय २५ र एन्टीजेन विधिबाट १ लाख ४५ हजार ४७ जना सङ्क्रमित भएका छन्।

गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्य थप ४ सय ७० जना स्वस्थ भएका छन् भने १ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ६ सय ८६ रहेको छ भने गत २४ घन्टामा ३२ हजार ५ सय ३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts