चिकित्सक दर्ता प्रमाणपत्रको आवेदन आजबाट खुल्यो



Download our app to get more features

काठमाडौं, २४ साउन । चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स परीक्षा)को लागि आवेदन खुलेको छ । 

असोज ६ देखि ८ गतेसम्म हुने ६३ औं चिकित्सक दर्ता प्रमाणपत्रको नेपाल मेडिकल काउन्सिलले सोमवार सूचना जारी गर्दै आवेदन खुलेको जनाएको हो ।

काउन्सिलले सोमवार नै लाइसेन्स परीक्षाको मिति तोकेको हो । 

६३ औं चिकित्सक लाइसेन्स परीक्षाका लागि आजबाट अनलाई आवेदन खुल्ला गरिएको बताएको छ । 

आवेदन भदौ २२ गतेसम्म बुझाउनु पर्ने छ । त्यसबाहेक बिलम्ब शुल्क तिरेर भदौ २३ र २४ पनि आवेदन फारम भर्न सकिने आयोगले जनाएको छ ।

अनलाइन आवेदन फाराम चौबिसै घण्टा भर्न सकिने छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts