एकैदिन थपिए १ हजार ९० नयाँ कोरोना सङ्क्रमित, २ जनाको मृत्यु



Download our app to get more features

काठमाडौँ, २४ साउन । देशभर एकैदिन १ हजार ९० जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर गरिएको ६ हजार ३ सय कोरोना परीक्षणमा १ हजार ९० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर आरटी पिसिआर विधिबाट गरिएको २ हजार ९ सय ५८ परीक्षणमा ५ सय ६० जना र एन्टीजेन विधिबाट गरिएको ३ हजार ३ सय ४२ परीक्षणमा ५ सय ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ९१ हजार १ सय ८५ र एन्टीजेन विधिबाट १ लाख ४५ हजार ५ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्य थप ४ सय ३८ जना स्वस्थ भएका छन् भने थप २ जनाको कोरोनाका कारण मृत्यु भएको छ ‌‌‌‌‌।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ८ सय ६ रहेको छ भने गत २४ घन्टामा २ लाख ७१ हजार ८ सय ३७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts