२४ घन्टामा देशभर थपिए ८ सय ६८ नयाँ सङ्क्रमित, थप ३ जनाको मृत्यु 



Download our app to get more features

काठमाडौं, २५ साउन । नेपालमा थप ८ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ६ हजार ७ सय ५ कोरोना परीक्षण गर्दा ८ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३ हजार ६ सय १४ जनाको आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ४ सय ९६ जना र ३ हजार ९१ एन्टिजेन परीक्षणमा ३ सय ७२ जनामा सङ्क्रमण देखिएको छ । 

गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्ये थप ४ सय १४ जना स्वस्थ भएका छन् भने थप ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

गत २४ घन्टामा देशभर १ लाख ३८ हजार ८ सय ४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ८ सय ८५ रहेको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts