नेपालको पहिलो ह्यूमन मिल्क बैँक, आमाको दूध नपाउने बच्चालाई राहत हुने



Download our app to get more features

काठमाडौं, ३ भदौ । नेपालमा पहिलोपटक मानव मिल्क बैँक स्थापना गरिएको छ ।

राष्ट्रपति विद्या देवी भण्डारीले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नेपालकै पहिलो 'ह्युमन मिल्क बैँक' को उद्घाटन गरेकी हुन् ।

बैँकले बालबालिकामैत्री स्वास्थ्य प्रणाली सुनिश्चित गर्नका लागि समय नपुगि जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुहरूलाई आवश्यकता परेको बेलामा अरू आमाहरूको दूध उपलब्ध गराउँनेछ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले आमाको दूधमा अन्य कुनै स्रोतहरूमा नपाइने एन्टिबडीहरू पाइने भएकाले जन्मेको पहिलो घण्टामा हुने स्तनपानको प्रारम्भिक शुरुवात, जन्मदेखि ६ महिना उमेरसम्मको पूर्ण स्तनपान र २ वर्षसम्मको स्तनपान र त्यसपछिको पूरक आहारले शिशुलाई विभिन्न खालका सङ्क्रमण र कुपोषणबाट जोगाउने तथा शिशुको मृत्यु हुन सक्ने जोखिमलाई समेत घटाउने बताए ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा रहेको ह्युमन मिल्क बैँक, ‘अमृत कोष’ मा सुत्केरी आमाबाट सुरक्षित रूपमा दान गरिएको दुध सङ्कलन, प्रशोधन, परीक्षण र भण्डारण गरी आवश्यक परेका शिशुहरूलाई उपलब्ध गराउने सुविधा छ। 

यो ‘अमृत कोष’ नेपाल सरकार, युरोपियन युनियन र युनिसेफको साझेदारीमा स्थापना गरिएको हो। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts