नेपालमा कोरोनाका सङ्क्रमित हुनेको सङ्ख्या ११ लाख ४३ हजारभन्दा धेरै, झन्डै १२ हजारको मृत्यु



Download our app to get more features

काठमाडौं, ३ भदौ । नेपालमा एकैदिन ६ सय २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ४ हजार ९ सय ४५ कोरोना परीक्षण गर्दा ६ सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर १ हजार ६ सय २१ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा २ सय ४६ जना र ३ हजार ३ सय २४ एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ९४ हजार ८ सय ५९ र एन्टीजेन विधिबाट १ लाख ४८ हजार ८ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । समग्रमा नेपालमा कोरोनाका कारण सङ्क्रमित हुने सङ्ख्या ११ लाख ४३ हजार ६ सय ९७ पुगेको छ ।

गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्य थप ४ सय ८७ जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ७७ हजार ८ सय ४५ रहेको छ भने ११ हजार ९ सय ९० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts