२४ घन्टामा देशभर ५ सय ७७ जना कोरोना सङ्क्रमणमुक्त, २ सय ९९ सङ्क्रमित थपिए



Download our app to get more features

काठमाडौं, ४ भदौ ‌। गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्य थप ५ सय ७७ जना स्वस्थ भएका छन् ‌‌।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर थप २ सय ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ १ जनाको मृत्यु भएको छ।

मन्त्रालयको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर आरटी पिसिआर विधिबाट १६ सय ७० कोरोना परीक्षण गर्दा १ सय ८० जना र २६ सय ६७ एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ९५ हजार ३९ र एन्टीजेन विधिबाट १ लाख ४८ हजार ९ सय ५७ जना सङ्क्रमित भएका छन् ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ६ सय २५ रहेको छ ।

 

Last modified on 2022-08-20 16:22:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts