आजबाट ५० जिल्लामा ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको पहिलो मात्रा लगाइँदै



Download our app to get more features

काठमाडौं, ५ भदौ । सरकारले आजबाट बाँकी रहेका ५० जिल्लाका ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको पहिलो मात्रा लगाउँदै छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई आजबाट फाइजर खोपको पहिलो मात्रा लगाउन लागिएको हो । पहिलो मात्रा खोप भदौ ११ गतेसम्म नजिकैको विद्यालयमा गएर लगाउन सकिने पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पहिलो मात्रै लगाएकाहरूलाई भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो मात्रा लगाइनेछ । 

आजबाट प्रदेश १ को भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर, मधेश प्रदेशको बारा, रौतहट, सर्लाही, बागमती प्रदेशको रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, गण्डकी प्रदेशको बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङजा, तनहुँ, लुम्बनी प्रदेशको कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा, रुकुम पूर्व, कर्णाली प्रदेशको पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, मुगु, दैलेख, जाजरकोट र सुदूरपश्चिम प्रदेशको अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी, दार्चुला जिल्लाका बालबालिकालाई खोप लगाइने छ ।

यसअघि सरकारले असार ९ देखि १५ गतेसम्म देशभरका २७ जिल्लाका ५ देखि १२ वर्ष मु्निका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाएका छन् ।

Hamro Doctor

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts