देशभर थप २ सय ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि, ४ सय ७९ जना स्वस्थ



Download our app to get more features

काठमाडौं, ५ भदौ । देशभर थप २ सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३ हजार ४ सय २३ कोरोना परीक्षण गर्दा २ सय ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर १ हजार १ सय १६ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा २ सय २ जना र १ हजार ६ सय ७ एन्टीजेन विधिबाट परीक्षण गर्दा ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ९५ हजार २ सय ४१ र एन्टीजेन विधिबाट १ लाख ४९ हजार ४१ जना सङ्क्रमित भएका छन् ।

गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्य थप ४ सय ७९ जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ७८ हजार ९ सय १ पुगेको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ३ सय ४८ रहेको छ ।

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts