नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै



Download our app to get more features

काठमाडौं, ८ भदौ । नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या घट्न थालेको छ । 

देशभर नयाँ सङ्क्रमित थपिनेको सङ्ख्या ४ देखि ६ सयको दरमा झरेको र निको हुने दर बढ्न थालेपछि सक्रिय सङ्क्रमितको सङ्ख्या घट्न थालेको हो ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय २ सय ९८ रहेको छ ।

भदौ ३ मा देशभर ५ हजार२४ सक्रिय सङ्क्रमित रहेकोमा पछिल्लो समय त्यो  सङ्ख्या निरन्तर घट्दै गएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

यस्तै देशभर थप ४ सय ८७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ४ हजार १ सय ७७ कोरोना परीक्षण गर्दा ४ सय ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १ हजार ८ सय ६ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ४२ जना र २ हजार ३ सय ७१ एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्ये थप १ सय ६४ जना स्वस्थ भएका छन् भने १ जनाको मृत्यु भएको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts