राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी सङ्गठनको १ सय ५१ सदस्यीय नयाँ कार्यसमिति गठन



Download our app to get more features

काठमाडौं, १३ भदौ । नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी सङ्गठनले नयाँ कार्यसमिति गठन गरेको छ ।

सङ्गठनको शनिवारवार भएको राष्ट्रिय एकता कार्यक्रमको बेला पदाधिकारीसहित १ सय ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो ।

अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी सङ्गठन र नेपाल राष्ट्रिय स्वास्थ्यकर्र्मी  सङ्गठनबीच एकता भएको हो । एकता पश्चात भएको सम्मेलनले अध्यक्षमा  लिलाराम थापालाई चयन गरेको छ । 

यस्तै सहअध्यक्षमा टेकराज डि.सी., वरिष्ठ उपाध्यक्षमा ओम कुमारी कँडेल, उपाध्यक्षहरू डिल्ली राम श्रेष्ठ, परशुराम नेपाली, एपोलो कुमार भगत, छठु चौधरी, करि सिंह भुल, राहित लामिछाने, कामदेव आचार्य, अशोक भुजेल, तारा प्रसाद रिजाल, ज्ञान प्रसाद पौडेल, कर्म लामा, नविना कँडेल चयन भएका छन् । 

यस्तै महासचिवमा कृष्ण कुमार खत्री चयन भएका छन् भने सचिवहरूमा केशर बहादुर थापा, शत्रुघन साह, लिलाकान्त झा, राम बहादुर थापा, कृष्ण भट्ट, अनिता पाण्डे, हिरन्य राज शर्मा, खेमराज सापकोटा, मेनका सन्ज्याल, जानुका मोक्तान, तेज बहादुर घर्ति, ईश्वर रावल रहेका छन् ।

कोषाध्यक्षमा शेष प्रसाद सापकोटा र सह कोषाध्यक्षमा भालेश्वर यादव चयन भएका छन् । 

नयाँ कार्यसमितिको आइतवार बसेको प्रथम बैठकले स्वास्थ्य क्षेत्र विशिष्टिकृत, संवेदनसिल र अत्यावश्यकीय सेवा भएको हुँदा यो छुट्टै ऐनद्वारा सञ्चालन हुनुपर्ने, स्वास्थ्यकर्मीहरूको पेशागत सुरक्षा, वृत्ति विकास, नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहजता र सरल पहुँच गराउनका लागि भूमिका खेल्ने लगायतका विषयमा निरन्तर लागिरहने प्रतिद्धता जनाएको छ ।

Last modified on 2022-08-29 18:09:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts