कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या घट्दै, थप २ सय २३ जना स्वस्थ



Download our app to get more features

काठमाडौं, १३ भदौ । देशभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या घट्न थालेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार वितेको ६ दिनदेखि नेपालमा ५ सयभन्दा कममा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

भदौ ८ मा ४ सय ८७ जनाया सङ्क्रमण पुष्टि भएको थियो भने त्यसयता २ देखि ३ सय जनाको सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा देशभर २ सय २६ जनाया सङ्क्रमण पुष्टि भएको छ भने २ सय २ सय २३ जना स्वस्थ भएका छन् ।

मन्त्रालयको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर ४ हजार ११ कोरोना परीक्षण गरिएको छ ‌। जसमा १५ सय २५ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा १ सय ४५ जना र २४ सय ८६ एन्टीजेन विधिबाट परीक्षण गर्दा ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा देशभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ भने हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार २ सय ३५ रहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts