धनगढीमा डेंगु संक्रमित महिलाको मृत्यु, कैलालीका २५ जनामा संक्रमण



Download our app to get more features

धनगढी । कैलाली धनगढीकी एक महिलाको डेंगु संक्रमणबाट मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया गीता शाहीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए। 

शाहीको उपचारको क्रममा मंगलबार बिहान नै मृत्यु भएपनि बुधबार मात्र डेंगु पुष्टि भएको थियो। डेंगु संक्रमित शाहीमा कार्डियाकपल्मोनरी एरेस्ट भएको थियो। 

पछिल्लो समय कैलालीमा डेंगुको प्रकोप फैलिएको छ। साउन १ गतेपछि मात्रै कैलालीको लम्की चुहा नगरपालिकामा मात्र २५ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। 

डेंगुको संक्रमण बढ्दै गएपछि कैलालीका १३ वटै स्थानीय तहलाई सचेत रहन र संक्रमण रोक्न अभियान सञ्चालनका लागि पत्राचार गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

डेंगुका बिरामी असारदेखि असोजसम्म फेला पर्ने कार्यालयले बताएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts