नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १२ हजार नाघ्यो



Download our app to get more features

काठमाडौं, १६ भदौ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १२ हजार नाघेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १ जनाको कोरोना कारण मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म १२ हजार २ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

गत २४ घन्टामा देशभर २ सय ६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३ हजार ५ सय ५७ कोरोना परीक्षण गर्दा २ सय ६९ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १ हजार ७ सय ३२ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा १ सय ८० जना र १ हजार ८ सय २५ एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ९७ हजार ५ सय २६ र एन्टिजेन विधिबाट १ लाख ५० हजार ७ सय १ जना कोरोना सङ्क्रमित भइसकेका छन् । 

गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप २ सय १५ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख २ हजार ३ सय ६६ पुगेको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार १ सय ५ रहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts