बायो–इथिक्स दिवस २०२२ सम्पन्न 



Download our app to get more features

धरान, ४ कात्तिक । ‘सामाजिक दायित्व र स्वास्थ्य’ शीर्षकमा विविध कार्यक्रमहरुको आयोजना गरी सन् २०२२ को बायो–इथिक्स दिवस मनाइएको छ । 

आफ्नो सहित अरु सबैको स्वास्थ्य र विकासको लागि आआफ्नो तर्फबाट सबैले दायित्व निभाउनुपर्ने सन्देश सहित् बायोइथिक्स दिवस मनाइएको हो । बायो–इथिक्स नेपाल  एकाईबाट आयोजित विविध कार्यक्रमहरुमा नेपालका विभिन्न मेडिकल कलेजहरुबाट सहभागिता भएको हो । यस वर्षका विभिन्न चेतनामूलक कायक्रमहरुको अक्टोवर १९मा अनलाईन र अक्टोवर २० का दिन वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तर्राष्ट्रिय सेमिनार सहितको आयोजना गरी समापन भएको हो । 
  
नेपाल एकाईका प्रमुख तथा नेपालका लागि यस कार्यक्रमका संयोजक प्रा.डा. धनरत्न शाक्यको अध्यक्षतामा सम्पन्न भर्चुअल कार्यक्रममा बायोइथिक्सकोे एशिया प्यासिफिक तथा शिक्षा विभागका प्रमुख अस्ट्रेलियाका प्रा.डा. रसेल डिसुजा प्रमुख अतिथि हुनुहुन्थ्यो । प्रा.डा. रसेल डिसुजाले यस वर्षको नाराबारे मूलमन्तब्य राख्नुभयो । एकाइकी पूर्व प्रमुख प्रा.डा. रुपा राजभण्डारी सिंको सहभागिता सहित विद्यार्थीद्वय अपेक्षा उप्रेती र दिक्षान्त यादव कार्यक्रम सञ्चालक रहेको सो सत्रमा १० भन्दा बढी देशविदेशका गरी बाक्लो सहभागिता थियो । 

प्रा.डा. धनरत्न शाक्यबाट सञ्चालित अनलाइन  सेमिनारका विज्ञ बक्ताहरु पाकिस्तानका प्रा.डा. रानो मल पिर्यानी, चिकित्सा शिक्षा आयोगका प्रमुख प्रा.डा. संघरत्न बज्राचार्य, वीर अस्पतालका प्रा.डा. रविराम श्रेष्ठ, नेपाल स्वास्थ्य अनुसन्धान परिषदकी नमिता घिमिरे लगायतले बायोइथिक्सको महत्वपूर्ण सिद्धान्त यस वर्षको नाराका विविध पक्षमा प्रकाश पार्नुभयो भने सदस्य डा. अशोक ऐर्को धन्यवाद मन्तव्य र नेपालगञ्ज मेडिकल कलेजको विद्यार्थी संकायकी डा. कन्चन देवकोटाको संक्षेप विवरण पनि प्रस्तुत गरिएको थियो । त्यसै सत्रमा अन्तर्राष्ट्रिय जुनियर डक्टर्स एसोसिएसनको उद्घाटन भएको थियो । त्यस्तै अर्को दिन, प्रतिष्ठानको अडिटोरियममा अफलाइनमा कार्यवाहक शिक्षाध्यक्ष÷ परीक्षा डिन प्रा.डा. श्याम थापा क्षेत्री र शैक्षिक डिन शिवेन्द्र झाको आतिथ्य रह्ेको समापन समारोहमा नेपाल इकाइका वर्तमान प्रमुख प्रा.डा. धनरत्न शाक्यको परिचयात्मक स्वागत, सदस्य डा. सरुन कोइरालाको धन्यवाद ज्ञापन, र प्रतिष्ठानको विद्यार्थी संकायका हेड सल्मान हैदरको  मन्तब्य र अक्षता वस्ती र दिब्या झाको कार्यक्रम सञ्चालन रहेको थियो । प्रा.डा. धनरत्न शाक्यबाट सञ्चालन भएको सेमिनारको अर्को खण्डमा बक्ताहरु प्रा.डा. बालकृष्ण भट्टराई, डा. रविन मास्के, राजेश ज्ञवाली, डा. सूर्यप्रसाद पराजुली, खेमचन्द्र सुबेदी र डा. आयूष आनन्द लगायतबाट स्वास्थ्य, शिक्षा, अनुसन्धान, दन्तचिकित्सा, कानून, जनसमुदाय र मानसिक स्वास्थ्य जस्ता विविध कोणहरुबाट विश्लेशन र जानकारीमुलक प्रस्तुति भयो । यस अवसरमा सम्पन्न विविध प्रतियोगिताहरु अनुसन्धान, आर्ट पोस्टर, फोटो, मूभि, निबन्ध, र कविताको परिणाम घोषणा भयो । फोटो प्रतियोगितामा अपेक्षा उप्रेती (वी.पी.को.स्वा.वि. प्रतिष्ठान) र अफ्रोज (वी.पी.को.स्वा.वि. प्रतिष्ठान); मूभिमा ओसन पराजुलीको टिम (विराट मेडिकल कलेज), निबन्धमा रिचा कोइराला (वी.पी.को.स्वा.वि. प्रतिष्ठान), डा. कञ्चन देवकोटा (नेपालगञ्ज मेडिकल कलेज); कवितामा जेनिसा परियार (विराट मेडिकल कलेज) र साकार शर्मा (नेपालगञ्ज मेडिकल कलेज), आर्ट पोस्टरमा रिचा कोइराला (वी.पी.को.स्वा.वि. प्रतिष्ठान) र पुनम बुढाथोकी (नेपालगञ्ज मेडिकल कलेज) तथा अनुसन्धान पोष्टरमा सिद्धार्थ गुप्ताको टिम (वी.पी.को.स्वा.वि. प्रतिष्ठान) पुरस्कृत भए् । 


कार्यक्रमका संयोजक नेपाल एकाई तथा प्रतिष्ठानको मानसिकरोग विभाग प्रमुख प्रा.डा. धनरत्न शाक्यले बायोइथिक्सबारे छलफल, अध्ययन, मन्थन र मनन्को यस्ता अबसर र कार्यक्रमहरुबाट नियमित र बिस्तारित हँुदै जाने शुभेच्छा राख्नुभयो । उहाँले यस वर्षको नाराले आफ्नो सहित अरुको पनि स्वास्थ्यको लागि सबैले आआफ्नो तर्फबाट आवश्यक भूमिका निभाउन सके ‘बाँच र बाँच्न देऊ’को आदर्श वास्तबमा अवलम्बन हुने र यसको लागि मानव ब्यवहार नितिसंगत बनाउन आवश्यक मनन्, चिन्तन, मन्थन गर्न र अभ्यासहरु अबलम्बन गर्न घच्घच्याएको धारणा राख्नुभयो । 

विश्वभरि नै सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१३मा संलग्न भएको हो । सन् २०१६ देखि अक्टोबर १९ मा विश्व बायोइथिक्स दिवस मनाउँदै आएकोछ । युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नितिनियम (इथिक्स)को अध्यापन, तालिम र अनुसन्धानको लागि जोड दिएको छ । 
 

Hamro Doctor

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts