स्वास्थ्यमा बढुवाको १२ औं तहको दुईवटा दरबन्दीमा २१ जनाको आवेदन

विवरण बुझाउने को-को छन् ?



Download our app to get more features

काठमाडौं, २० मंसिर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाल रिक्त रहेको १२ औं तहको दुईवटा दरबन्दीमा २१ जनाको आवेदन परेको छ । मन्त्रालयमा अतिरिक्त स्वास्थ्य सचिव (१२ औँ तह) मा बढुवा हुनका लागि २१ जनाले आवेदन दिएका हुन् ।

आवेदन दिनेमा राष्ट्रिय ट्रमा सेन्टरका डा. रुद्र मरासिनी, भेरी अस्पतालका डा. राजन पाण्डे, सोही अस्पतालकी प्रा दुर्गालक्ष्मी श्रेष्ठ, कर्णाली प्रदेश अस्पतालका डा. केशरबहादुर ढकाल रहेका छन् ।

यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. कृष्णप्रसाद पौडेल, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिल शर्मा, प्रदेश अस्पताल भद्रपुरका डा. टंक बराकोटी, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्याय, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटा, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सुधा देवकोटाले बढुवाका लागि व्यक्तिगत विवरण पठाएका छन्

यसैगरी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. मनिषा रावल, गण्डकी प्रदेश स्वास्थ्य तालीम केन्द्रका डा. विनोदविन्दु शर्मा, बागमती स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का, स्वास्थ्य विभाग नर्सिङ महाशाखा प्रमुख गोमा निरौला, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. श्रीकृष्ण श्रेष्ठ, वीर अस्पतालका डा. सरोज शर्मा, परोपकार प्रसूति अस्पतालका डा. आमिरबाबु श्रेष्ठ, स्वास्थ्य मन्त्रालयमा रहेका नारायण ढकाल, डा. सञ्जय ठाकुर, कान्ति बाल अस्पतालका डा. अजित रायमाझी, स्वास्थ्य निर्देशनालय लुम्बिनीका डा. विनोदकुमार गिरीले व्यक्तिगत विवरण बुझाएका छन्।

मन्त्रालयको बढुवा समितिले गत कात्तिक ३० मा सूचना जारी गर्दै सो पदका लागि योग्यता पुगेका इच्छुकले १५ दिन भित्र व्यक्तिगत विवरण बुझाउन भनेको थियो । विवरण बुझाउने २१ जनामध्ये बढुवा समितिले अब ३ जनाको नाम मन्त्रिपरिषदमा पठाउने तयारी गरेको छ । जसमध्ये मन्त्रिपरिषदबाट  २ जना  बढुवा  हुने  छन्।

Hamro Doctor
Last modified on 2022-12-07 12:37:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts