पर्वतबाट विजयी एमाले सांसद पदम गिरी स्वास्थ्यमन्त्रीमा नियुक्त

सबै स्वास्थ्य संस्थामा न्युनतम सेवा मापदण्ड लागू गर्ने पहिलो निर्णय



Download our app to get more features

काठमाडौं, ३ माघ । पर्वतबाट विजयी नेकपा एमालेका सांसद पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त भएका छन् ।

सत्ता गठबन्धनमा भएको भागबन्डामा एमालेको भागमा स्वास्थ्यसहित ८ वटा मन्त्रालय परेको छ । उनले आजै शपथ तथा पदभार ग्रहण समेत गरेका छन्।

गिरीले पदभार ग्रहण गर्दै स्वास्थ्य संस्था तथा अस्पतालमा गुणस्तरीय सेवा प्रदान गर्न न्यूनतम सेवा मापदण्ड लागु गराउने निर्णय गरेका छन् । मन्त्री गिरीले ‘जनस्वास्थ्य ऐन ०७५ को दफा ६४’ अन्तर्गत रहेको गुणस्तरीय स्वास्थ्य सेवाका लागि अस्पतालमा न्यूनतम मापदण्ड सुनिश्चित गराउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

गिरी पर्वतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनी पर्वतबाट दुई पटक निर्वाचित भईसकेका छन् ।

Last modified on 2023-01-17 15:13:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts