स्वास्थ्य क्षेत्रमा नीतिगत सुधारका लागि  सञ्चार क्षेत्रको भूमिका अहम हुने : मन्त्री मेन्याङ्बो



Download our app to get more features

विराटनगर, ८ असार । कोशी प्रदेशका स्वास्थ्य मन्त्री  तिलकुमार मेन्याङ्बोले सञ्चार क्षेत्र जनचेतना जगाउने सबैभन्दा प्रभावकारी माध्यम भएको बताएका छन् ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको स्वास्थ्यकर्मी र सञ्चारकर्मी बीच स्वास्थ्य प्रवर्द्धन सम्बन्धी बहस र पैरवी कार्यक्रममा मन्त्री मेन्याङ्बोले पत्रकारिता क्षेत्रको विकासले जनचेतना बढ्दै गएको बताए ।

स्वास्थ्य क्षेत्र सुधारका लागि सञ्चार क्षेत्रले खेलेको भुमीकाको प्रशंसा गर्दै उनले  नीति बनाउन र कार्यान्वयन गर्न सहयोग पुगेको बताए ।

स्वास्थ्य क्षेत्रमा नीतिगत सुधारका लागि  सञ्चार क्षेत्रको भुमिका अहम हुने बताउदै तत्थ्यपरक विषयवस्तुलाई प्राथकिमतामा राखेर कार्यक्रम र सूचना समाचार सम्प्रेषण गर्न आग्रह  गरे ।

मिडियाले समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने कुरामा कुनै कसर बाँकी नराख्न उनको आग्रह छ ।

कोशी प्रदेशका स्वास्थ्य सचिव डा. सुधा देवकोटाले पत्रकार र सञ्चार क्षेत्रको लक्ष्य एउटै भएपनि एक संवादको कमिले गलत सूचना सम्प्रेषण हुने गरेको बताइन ।

समाजमा सहि सूचना सम्प्रेशण गर्न दुवै पक्ष एकजुट हुनुपर्ने उनको भनाइ छ । 

यस्तै कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका निदेशक ज्ञानबहादुर बस्नेतले  कोशी प्रदेशका १४ वटै जिल्लामा स्वास्थ्य मन्त्रालयले गरेका कामहरूबारे जानकारी दिए ।

उनले अहिले भइरहेका कामहरूलाई अझै प्रभावकारी  र जनमैत्री बनाउन पत्रकारहरुको सहयोग अपरिहार्य रहेको बताए ।

उनले जनतालाई सूसुचित गरेर स्वास्थ्यकर्मीसँगै हातेमालो गर्न आग्रह गरे ।

कार्यक्रममा स्वाथ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुङगेलले स्वास्थ्य पत्रकारिता सुधारकालागि पत्रकारहरुको क्षमता बढाउनुपर्ने बताए ।

स्वास्थ्य पत्रकारिता प्राविधिक विषय भएकाले पत्रकारहरूलाई स्वास्थ्यसम्बन्धी जानकारी बढी दिनुपर्ने बताए ।

राज्यले पत्रकारितामा गरेको लगानि अनुसार नै प्रतिफल आउने बताउदै पत्रकारहरूलाई दक्ष बनाउन सरकारपनि लाग्नुपर्ने उनको भनाइ छ ।

सरकारले पत्रकारलाई दक्ष बनाएमा अफवहा र भ्रामक समाचार कम हुने उनको तर्क छ ।

कार्यक्रममा पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष लिला बल्लभ घिमिरेले सूचना नलुकाउन आग्रह गरे ।

सूचना लुकाएमा गलत सूचना प्रवाह हुने भएकाले  सूचना नलुकाउन आग्रह गरे ।

पत्रकार र स्वास्थ्यकर्मीबीचको दुरी घटाउन दुवै पक्ष लचिलो हुनुपर्ने बताए । कार्यक्रममा स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts