थाइराइड क्यान्सरबारे जानौं ? यस्ता छन् उपचार विधि



Download our app to get more features

थाइराइड भनेको एउटा ग्रन्थी हो । जुन घाँटीमा श्वाँस फेर्ने नलीको बाहिरपट्टि हुन्छ । हाम्रो शरीर करोडौँ कोष मिलेर बनेको हुन्छ । ती कोषको विकासमा थाइराइड हर्मन आवश्यक हुन्छ । थाइराइडले हार्मोन उत्पादन गर्छ ।

शरीरका कोष तथा तन्तुलाई विकास र परिपक्क बनाउन थाइराइडको भूमिका महत्वपूर्ण हुन्छ । यो गन्थ्रीको काम थाइराइड हर्मोन उत्पादन गर्ने हो । यही ग्रन्थीमा क्यान्सर हुनुलाई थाइराइड क्यान्सर भनिन्छ ।

थाइराइड क्यान्सर हुने उमेर ?
थाइराइड कुनै उमेर विशेषलाई हुुने रोग होइन । स–साना केटाकेटीदेखि बुढाबुढीमा पनि थाइराइड क्यान्सर हुनसक्छ । पछिल्लो समय थाइराइड क्यान्सरका घटना देखिने क्रम बढिरहेको छ । हुन त यो समस्या पहिचान र उपचारमा नयाँ नयाँ  प्रविधि  विकास भएका कारणले पनि यस्तो भएको हुनसक्छ । 

विशेषगरी २५ देखि ४० वर्ष उमेर समूहका व्यक्तिमा क्यान्सर बढी पाइन्छ । महिलामा वशांणुगत इतिहास, रोग प्रतिरोधात्मक क्षमतामा ह्रास, धुम्रपान, गर्भवती अवस्था, गलगाँड तथा घाँटीमा धेरै गिर्खा भएको अवस्था, क्यान्सर विकिरण उपचार गरेकाहरू हाइपोथाइराइडिज्मको जोखिम समूहमा पर्छन् । 

थाइराइड क्यान्सर हुने कारण :
विलासी जीवनशैली अपनाउने, अस्वस्थ खानपान, विषाक्त तत्वको प्रयोग गरिएका फलफुल तथा तरकारीको सेवन, वातावरणीय प्रदूषण हुनु, वशांणुगत गुणका कारण थाइराइड क्यान्सर हुन्छ । कहिलेकाहीँ कोषिकामा गढबढी भएमा पनि  थाइराइड क्यान्सर हुन्छ ।

लक्षणहरू :
थाइराइड क्यान्सरको मुख्य लक्षण भनेको घाँटीको तल्लो भागमा गिर्खा गाठाँगुठी आउने हो । यस्ता गिर्खा दुख्ने पोल्ने केहि पनि हुँदैन । आवाजमा परिवर्तन हुन्छ अरु बेलामा भन्दा फरक गरी धोत्रो स्वर आउँछ । घाँटीको अरु भाग पनि सुनिएको देखिन्छ । सास फेर्न असजिलो, खाना निल्न गाह्रो पनि हुन्छ । थाइराइड हुँदा तौल बढ्ने, कब्जियत हुने, छाला खस्रो हुने, शरीर सुनिने, निःसन्तान हुने, महिनावारीमा गडबढी हुने हुन्छ । 

घरमा कसैलाई थाइराइड छ भने पनि थाइराइड हुनसक्छ ।
थाइराइड भएको शङ्का लागेमा भिडियो एक्स-रे गर्ने । 
थाइराइडको पानी जाँच पनि गर्न सकिन्छ ।

उपचार 
थाइराइड क्यान्सर धेरैका प्रकारका छन् । तर, धेरैजसोलाई फोलिक्यूलरी र पपीलरी  थाइराइड क्यान्सर हुन्छ । यी क्यान्सरका उपचारका विधि एउटै हुन्छ ।

थाइराइड ग्रन्थीको शल्यक्रिया 
शल्यक्रियापछि पुरै निको हुने सम्भावना ९० प्रतिशत मात्रै हुन्छ ।
क्यान्सर भएको निश्चित भएपछि शल्यचिकित्सकले थाइराइड ग्रन्थी निकालेर उपचार गर्छन् ।

अप्रेसनपछि विकिरणयुक्त ‘आयोडिन स्क्यान ’ गरिन्छ । यो उपचार पछि थाइराइड क्यान्सर कति बाँकी छ वा निर्मूल भइसक्यो भन्ने जाँच र उपचार हुन्छ । 

ठूलो भएर फैलिएमा रेडियोन आयोडिन स्क्यान गरिन्छ । जसबाट शूक्ष्म रोग शरीरका अरु भागमा फैलिएको थाहा हुन्छ र सोही विधिबाट निको गरिन्छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts