तपाईंको मुखबाट असामान्य दुर्गन्ध आउँछ ? यदि हो भने मधुमेह हुन सक्छ



Download our app to get more features

मधुमेह मानिसमा हुने एक सामान्य स्थिति जस्तै बनेको छ । जुन नेपालसहित विश्वभर तीव्र गतिमा फैलिरहेको छ । अव्यवस्थित खानपान र जीवनशैली तथा वंशाणुगत कारणले हुने मधुमेहका कारण हरेक घरमा कोही न कोही प्रभावित छन् । 

समयमै यदि रगतमा चिनिको मात्रालाई नियन्त्रण गर्न सकिएन भने मानिसको विभिन्न अङ्गलाई नष्ट बनाउँदै ज्यान समेत जान सक्छ छ । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर फैलिरहेको मधुमेहको विभिन्न प्रकारमध्ये टाइप टु डाइबिटिजका कारण विश्वका ९० प्रतिशत मानिस प्रभावित बनेका छन् । 

वेटवाचर्स नामक एक स्वास्थ्यसम्बन्धी अध्ययन गर्दै आएको संस्थाका अनुसार मधुमेह भएका व्यक्तिमा मुखबाट असामान्य गन्ध आउने गरेको लक्षण देखिन थालेको दावी गरेको छ । 

मानिसको रगतमा चिनिको मात्रा उच्च छ भने मुखबाट असामान्य गन्ध आउन सक्ने वेटवाचर्सले दावी गरेको छ । फल जस्तो गन्ध आउनु डायविटिक किटोएसिडोसिसको लक्षण हुन सक्ने र यो मधुमेहको पहिलो सङ्केत पनि हुन सक्ने वेटवाचर्सको भनाइ छ । 

वेटवाचर्सका अनुसार डायविटिक किटोएसिडोसिस, शरीर भित्रको एक प्रक्रिया हो । जसमा इन्सुलिनको कमीका कराण रगतमा हानिकारक किटोन्सको निर्माण हुन्छ र यो मधुमेहको एउटा असामान्य सङ्केत हो । 

मधुमेहका कारण श्वास दुर्गन्धित बन्न सक्छ । किनकी मधुमेह भएको स्थितिमा मुखमा ग्लुकोजको मात्रा बढ्न सक्छ । ब्याक्टेरियाले यस्ता ग्लुकोजको उपभोग आफ्नो भोजनको रुपमा गर्ने गर्छन् । जुन पछि सङ्क्रमण र गिजाको रोगको कारण पनि बन्न सक्छ । गिजाको रोग मुखको दुर्गन्धको सबैभन्दा प्रमुख कारण मध्येको एक हो । जसले गर्दा मुखबाट गन्ध आउने गर्छ ।

श्वासबाट फल जस्तो गन्ध वा स्वाद आउँछ भने त्यो डायविटिक किटोएसिडोसिस नामक खतरनाक स्थितिको सङ्केत हुन सक्ने वेटवाचर्सले बताएको छ । डायविटिक किटोएसिडोसिस टाइप १ डाइविटिजको पहिलो सङ्केत पनि हुन सक्छ । 

पर्याप्त इन्सुलिनको बिना तपाईंको शरीरको ग्लुकोजबाट आवश्यक शक्ति प्राप्त हुन सक्दैन । त्यसकारण यसले फ्याटको उपयोग गर्न थाल्छ र किटोन्स नामक रासायन उत्पन्न गर्छ । त्यसपछि जब मानिसको रगतमा अत्यधिक किटोन्स जम्मा भइसक्छ अनि त्यो मानव स्वास्थ्यको लागि हानिकारक हुन सक्छ । फल जस्तो गन्धयुक्त श्वाँस डायविटिक किटोएसिडोसिसको पहिचान हो । तर, यो एक मात्र लक्षण भने होइन । तपाईंलाई श्वाँस फेर्नमा पनि समस्या हुन सक्छ, छाला रातो हुने र वान्ता हुने जस्ता लक्षण पनि देखिन सक्छ । जसलाई वेवास्ता भने गर्न सकिँदैन । 

मधुमेहका लक्षणहरू :
– बारम्बार पिसाब लागिरहनु 
– मुख सुख्खा हुनु 
– प्यास धेरै लाग्नु 
– भोक बढी लाग्नु तर खाइरहँदा पनि दुव्लाउदै जानु 
– कमजोरी महशुस हुनु – खुट्टाहरू झम्झमाउनु 
– खुट्टाहरू पोल्नु
– पिसावमा कमिलाहरू देखिनु 
– शरीरमा भएका घाउहरू छिटो निको नहुनु
– आँखा धमिलो देखिनु
– घाउ छिटो निको नहुने 
– छाला सुक्खा हुने, सुन्निने, रातो दाग देखिने, घमौरा जस्तो दाना जस्तो देखिनु   
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts