'आयुर्वेद' प्रकृतिको मूल आधार



Download our app to get more features

राती सुत्नु र दिनमा सक्रिय रहने प्रकृया आधुनिक विज्ञानको निर्देशन अनुसार नभई मानव जीवनको उत्पत्तिसँगै आएको प्राकृतिक गुण वा निरन्तरता हो । साथै यो प्रकृतिको एउटा नियम पनि हो । रातको समयमा  निन्द्रा लाग्नु स्वभाविक हो । रातमा मानिसमात्र होइन सम्पुर्ण बोट बिरुवा र जीवजन्तुको पनि आफ्नै अन्तरिक नियम छ । जसले गर्दा मानिस प्रकृतिसँग साथि बनेर रहन सम्भव भएको हो ।  
 
अध्याँरो भएपछि मानिसको शरीरले एक प्रकारको ‘मेलोटोनिन्’ भन्ने 'रसायन' उत्पादन गर्छ । यही हर्मोनका कारण मानिसलाई निद्रा लाग्छ र हामी रातमा सुत्ने गछौं ।

प्राकृतिक रुपमा उत्पादन हुने  'मेलोटोनिन्' हार्मोन के हो ?

'मेलोटोनिन्' हर्मोनले मानव शरीरलाई  घडीको रुपमा काम गराउँछ । जब रात पर्दै जान्छ, यो हर्मोन उत्पादन हुने प्रक्रिया पनि क्रमश: बढ्दै जान्छ । त्यसकारण यसलाई 'डार्कनेस' हर्मोन पनि भनिन्छ ।

आजको आधुनिक युगमा हामी हाम्रो शरीरलाई अन्यौलको अवस्थमा राखिरहेका हुन्छौ । हामी मध्ये धेरैको राती सुत्नुअघि मोबाइल, ल्यापटप, टेलिभिजनहरु हेर्ने बानी हुन्छ । यसखाले विद्युतीय 'स्क्रिन'बाट आउने प्रकाशको सिधा प्रभाव शरीरमा परिरहेको हुन्छ । सोही प्रकाशको असरले गर्दा हाम्रो शरीरले  'मेलोटोनिन हार्मोन' उत्पादन गर्न सक्दैन । जसको कारण हामीलाई निद्रा नलाग्ने समस्या हुन्छ । यो प्रकृया निरन्तर बढ्दै जाँदा स्वास्थ्यमा विभिन्न खालका रोगहरु देखिन थाल्छन् । अझ भन्ने हो भने अनिद्रा भनेको मानव स्वास्थ्यमा रोग निम्त्याउने प्रमुख कारकका रुपमा रहेको हुन्छ ।  

हाम्रो शरीरको बाहिरी संसार (प्रकृति) सँग गहिरो सम्बन्ध  हुन्छ । प्रकृतिसँग मिलेर जीवन–यापन गर्नु भनेकै एकप्रकारले स्वस्थ  रहनु हो ।  मानिस प्रकृतिको विरुद्धमा जाँदा अनेक खालका समस्याहरु बेहोर्नेमात्र होइन  रोग निम्त्याउनु  पनि  हो ।

त्यसैले प्रकृतिसँग चल्न सिकाउने शास्त्र नै 'आयुर्वेद' हो । यसलाई प्रकृतिको मुल आधार पनि मानिन्छ ।
 

Last modified on 2016-08-25 15:59:22

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

2 Comments

  1. अरबिन्द कुमार on Sun, Jan 07 2018 01:41 PM

    student जो की under एसएलसी मैं छन। त्यस लाई अनिन्द्रा हुनु किन हो। र यो melotonin hormone उत्पादन गर्न के खाने कुरा आब्श्यक्ता छ। please यसको जवाफ दिनु होला।

  2. Nice information. Now a days, we are really passing sleepless nights due to the electronic devices.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts