“डक्टर सा'व मलाई  दाद भयो लौन अब के गर्ने ?”



Download our app to get more features

कदिन एक वरिष्ठ व्यक्ति 'ओपिडी'मा आए र खुसुक्क भने, 'डाक्टर सा'ब, दाद भएजस्तो छ, अप्ठ्यारो ठाउँमा चिलाएर सुत्नैसकेको छैन, लाजैमर्दो भईसक्यो लौ न के गर्ने ?' नभन्दै विगत ६ महिनादेखि एक किसिमको ढुसी (दाद)ले उनको पुरै शरीरभरी डेरा जमाइसकेको रहेछ । पेशाले उच्च ओहोदामा पुगिसकेका ती व्यक्तिले उपचारका नाउँमा धेरै रकम खर्च गरिसकेका रहेछन् । तैपनि उचित उपचारको अभावका कारण निको नभएर  धेरै दुःख पाएका रहेछन । यो त एउटा प्रतिनीधि उदाहरण मात्र हो । यसरी दादको समस्याले धेरैलाई सताइरहेको हुन्छ ।  

दादलाई कसैले दाज, दिनाउ, दिनाई भन्ने गरेपनि  र अंग्रेजीमा 'रिंगवोर्म' (Ringworm) भनिन्छ ।  यसलाई मेडिकल भाषामा 'टिनिया' (tinea)  नामले चिनिन्छ ।  सबै उमेरका व्यक्तिलाई  यो समस्याले पीडा दिने गरेको पाइन्छ । दादको समस्या विशेषतः छालारोगको विभागमा आउने दुई तिहाई सम्मका बिरामीको टाउको दुखाई बनिरहेको पाइन्छ । 

के हो त दाद वा 'रिंगवोर्म' ?

यो एक किसिमको ढुसी, 'डर्माटोफाइट' (dermatophyte)  छालाको संक्रमणलाई ढुसी (दाद) भनिन्छ । धेरैजसो यो 'रिंग' आकारको भएकोले यसलाई 'रिंगवोर्म' पनि भनिएको हो । यसले हाम्रो शरीरको धेरै गुम्सिएर रहने भाग जस्त तिघ्राको काप, काखीमुनी, स्तनको मुनिपट्टिको भाग लगायत शरीरका अन्य त्यस्तै ठाउँहरुमा असर गर्ने गर्दछ ।  यसले छालामात्रै नभएर रौँ  तथा नङलाई पनि सजिलै असर गर्न सक्छ।


के कारणले हुन्छ दाद ?

यो संक्रमित व्यक्तिबाट जो कोहिलाई पनि सजिलै सर्न सक्छ ।  संक्रमित व्यक्तिको लत्ताकपडा, जुत्ता चप्पलको प्रयोगबाट पनि सर्न सक्छ । संक्रमित घरपालुवा जनावरको सम्पर्कबाट वा ढुसी भएको ठाउँजस्तै खेतबारी, पौडीपोखरी, चौर, बगैचा, जिमखाना तथा अन्य ठाउँमा खाली खुट्टा हिडेमा पनि सर्न सक्छ ।

विशेषत : गर्मी र वर्षातको समयमा यो रोगका संक्रमितहरु धेरे हुन्छन् ।  तराईका जिल्लाहरुमा दादका संक्रमित बढी हुने गरेपनि अत्याधिक रुपमा देखिने गरेकाले  यो आम समस्याका रुपमा देखिदै आएको छ । अधिक पसिना आउने व्यक्तिहरु, सरसफाईमा ध्यान नदिने तथा रोगसँग लड्न सक्ने क्षमता ह्रास भएका व्यक्तिहरुमा देखिने गर्छ । 

यस्ता छन् दादका लक्षणहरु 

छालाको दाद धेरैनै चिलाउने हुन्छ । यो शरीरको काप कापमा र अन्य भागमा गोलो 'रिंग' जस्तै आकारमा बढ्दै जाने खालाको रातो या फुस्रो रंगको कत्ले  घाऊजस्तो भएर सुरु हुन सक्छ । कहिलेकाँही  औंलाको कापमा हिलोले खाएको जस्तो चिलाउने घाऊपनि देखिन्छ र फरक खालका पीप भरिएको घाऊमा पनि दाद देखिने सम्भावना हुन्छ ।

 ढुसीले नङको संक्रमण गरेमा नङ बाक्लो हुने, रंग परिवर्तन हुने वा टुक्रा परेर झर्ने हुन्छ । टाउकोको कपालमा संक्रमण भएमा कपाल आफै झर्ने वा सजिलै उखेलिने तथा कपालमा चायाँ बढ्दै गइ घाउपनि हुनसक्छ ।

दाद निको पार्ने उपायहरु 

दादको लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गई चर्मरोगसम्बन्धि तालिमप्राप्त चिकित्सक वा विशेषज्ञको सल्लाह बमोजिम औषधी  उपचार गर्नुपर्छ । खाने चक्की, क्याप्सुल,  मल्हम, पाउडर, स्याम्पु वा साबुन दादको उपचारमा प्रयोग हुने औषधिहरु हुन । चिकित्सकको सल्लाह नलिइ  औषधी प्रयोग गर्नुहुँदैन ।

यदि गलत औषधी प्रयोग गरियो भने दाद भनै पुरै शरीरभरी फैलने खतरा हुन्छ । तसर्थ, समयमै उचित उपचार गराउनु नै बुद्धिमानी हुन्छ । साथै, यो रोगबाट बच्न र एकपटक भइसकेको छ भने पुन नहोस भन्नका लागि व्यक्तिगत सरसफाइमा ध्यान पुर्याउनु आवश्यक हुन्छ ।
 

  • अरुले प्रयोग गरिसकेका कपडा, जुत्ता प्रयोग हुँदैन । गुम्सिने खालका वस्त्रहरु लगाउनुहुँदैन ।  
  • मोजा र भित्रि कट्टु दैनिक रुपमा परिवर्तन गर्नुपर्छ । 
  • खुट्टामा दाद छ भने पहिला मोजा लगाएपछि मात्र अन्य कपडा लगाउनुपर्छ । 
  • सकेसम्म खाली खुट्टा हिड्नु हुदैन ।
  • खेलकुद वा व्ययाम पछि सफा पानीले नुहाउने गर्दा पनि दादको संक्रमणबाट जोगिन सकिन्छ ।  
  • स्विमिङ पुलमा पौडी खेलिसकेपछि पुन सफा पानीले राम्रोसँग नुहाउनु पर्छ । नुहाइसकेपछि सफा र सुख्खा कपडाले शरीर सुख्खा हुनेगरि पुछ्नु पर्दछ । 
  • घरपालुवा जनावरहरुलाई सफा सुघ्घर राख्नुहोस र कुनै समस्या देखिएमा भेटनरी डाक्टरबाट उपचार गराउनुहोस । 

यी उपायहरु अवलम्बन गर्ने हो भने दादको समस्याबाट मुक्त रहन सकिन्छ । 

Last modified on 2016-09-02 18:58:04

6 Comments

  1. मलाइ करिब 2 बर्ष भो, दाज छ, एक पाली पुरै निको भयो तर ऐले फेरि देखिएको छ। के गर्ने कुन उपचार गर्ने , प्रतिक्रिया छिटो आसा लियेको छु।

  2. Mero pani ringworm xa maile tarfin vane malam lagako xu 6hapta vayo niko vaye bir haspital ko doctor ko sallale lagako tar biso vaye na

  3. मलाई पनि दादले साह्रै सतायो सर कुन औषधी प्रयोग गर्नु पर्छ होला।

  4. मलाई पनि दाद काे समस्या छ गर्ने हाेला

  5. सर्मिलाon Wed, Dec 28 2016 12:26 PM

    मलाई पनि यो समस्याले सताएको छ डा, औसधि बताइदिनुस् न

  6. गोबिन्द बस्याल on Sun, Dec 25 2016 09:22 AM

    Eak choti niko bhahea paxi pheri aune sambhawana xa ki nai


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts