दन्तचिकित्सकले दाँत फुकाल्नेमात्र काम गर्दैन !



Download our app to get more features

केही समयअघि रसुवाका २२ वर्षीय छवाङ ग्याली लामाको ‘ग्याङ फाइट’ पर्यो । त्यसलगत्तै उनलाई नजिकैको हेल्थ पोष्ट लगियो । हेल्थपोष्टले त्यहाँ उपचार सम्भव नभएको बताएपछि उनलाई सिथै बसुन्धारा स्थित कान्तिपुर डेन्टल कलेज एण्ड टिचिङ अस्पताल ल्याइयो । उनको मुखको हड्डी भाँचिएको थियो जुन अहिले शल्यक्रिया गरी ठीक गरिसकिएको छ ।

त्यस्तै नुवाकोटकी १७ वर्षीया सोनी थापा पनि दाँत दुख्यो भनेर कान्तिपुर आइन उनलाई मुखको हड्डी मा भित्रभित्रै पलाउने एकखालको एनेलोवाल्सटोमा भन्ने समस्या छ । जुन सामान्य जाँचबाट सम्भव थिएन । उनको अहिले शल्यक्रिया भैैसकेको छ र निको हुने क्रममा छिन् ।

 यस्ता थुप्रै दाँत तथा मुखसँग सम्बन्धित समस्या लिएर मानिस अस्पतालसम्म आइपुग्ने गर्छन । तर दाँत तथा मुखको समस्या दन्त तथा मुख शल्यचिकित्सकले उपचार गर्छन् ।

 तर, आममानिसहरुले अझै दाँत तथा मुख चिकित्सक भन्नाले दाँत निकाल्ने डाक्टर भन्ने मात्र बुझेको पाइएको छ । हाम्रो परिवेशमा दाँत निकाल्नु एउटा सामान्य उपचार विधि मानेर आफ्ना अरु रोगहरु लुकाउने गरिन्छ ।

कहिल काँहि त चिकित्सकले प्रश्नहरु सोध्न खोज्दा विरामीहरु रिसाउने झर्किने गरेको पनि हामीले भोग्ने गरेका छौं । दन्त चिकित्सक भएर नाना थरीका कुराहरु सोध्यो भनेर रिसाएका घटनाहरु प्रत्यक्ष भोगेका छौं ।

हामीले बुझाउनु खोज्दा खोज्दै पनि कहिले काँहि त गाह्रो हुन्छ । र अनि बिरामी अर्को ठाउँमा गएर दाँत निकाल्ने र अरु उपचार गराउने गरेको पनि पाएका छौं । पछि समस्या आउँदा हामीसंग नै उपचार गराएको पनि अनुभव छ ।

सहि विशषज्ञकोमा नगई साधारण दाँतको क्लिनकमा गई उपचार गराउँदा रोगका निदान हुनु भन्दा झन् विकराल रुप लिएको धेरै उदाहरणहरु छन् । त्यसैले दाँत निकाल्नु्लाई सामान्य मात्र सोचेर आफ्नो शरिरभित्र रहेको रोग कदापी लुकाउनु हुंदैन् ।

दन्त चिकित्सकहरुमा पनि धेरै बिधाहरु छन् र ती मध्येको एक हो ओरल एण्ड म्याक्सिल्लोफेसिएल सर्जरी । यस बिधामा काम गर्ने दन्त चिकित्सकहरुलाई मुख तथा मुहार शल्यचिकित्सक विशेषज्ञ भनिन्छ ।

के के काम गर्छन मुख तथा मुहार शल्यचिकित्सकले ?

  • अप्ठ्यारो तथा जटिल दाँतको शल्यक्रिया गरी निकाल्ने ।
  • दुर्घटनाका कारण अनुहारको हड्डि भाँचिएर कुरुप हुँदा शल्यक्रिया मार्फत उपचार गर्ने ।
  • मुख तथा अनुहारमा लागेको क्यान्सरको शल्यक्रिया गरी रोगको निदान गर्ने ।
  • बालबालिकाहरुमा ओठ तथा तालुमा भएको खुँडोको शल्यक्रियामार्फत उपचार गर्ने ।
  • नाक, कान अदिको स्वरुप आवश्यकता अनुरुप परिवर्तन गर्ने ।
  • टेम्पोरोम्यान्डीबुलर गाँठोमा देखिएका समस्याहरुको समाधान गर्ने ।

दाँत तथा मुहार चिकित्सा आफैमा विशिष्ट छ । यसले दाँत तथा मुखका विभिन्न समस्याहरुको उपचार गर्छ । त्यसैले दाँतको चिकित्सकलाई दाँत फुकाल्नेमात्र डाक्टर हो भनी रोग लुकाउने वा नभन्ने काम नगरौं ।


 

Last modified on 2016-09-19 18:28:10

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts