अटिजमबारे जनचेतनामुलक कार्यक्रम शुरु (भिडियो सहित)

What's This?


Download our app to get more features

काठमाण्डौ, १९ चैत्र । मानव मस्तिष्कमा भएको एक असमानताको विशेष रुपको बारेमा जानकारी दिन जनचेतनामुलक कार्यक्रमको आयोजना भएको छ । 

अटिजम केयर नेपालले मस्तिष्कको विकासमा हुने जन्मजात असमानताको बारेमा जानकारी गराउन काठमाण्डौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल प्रांगणमा प्रर्दशनीको शुरुवात भएको छ ।
 
जन्मजात नशा र तन्तुको विकासको क्रममा भएको असमानताबाट पीडितको बारेमा जनचेतना फैलाउन शुरु गरीएको कार्यक्रम मुलुकभरका विभिन्न स्थानमा गरीने आयोजकले जनाएको छ ।
 
हरेक वर्ष अप्रिल २ तारिखदेखि एक महिनासम्म विभिन्न चेतनामुलक कार्यक्रम गरीने अटिजम केयर नेपालका कार्यक्रम संयोजक सुरेन्द्र बज्राचार्यले जानकारी दिए । 

मानव मस्तिष्कमा भएको एक असमानताको विशेष रुपलाई Neuro Developmental Disorder भनिन्छ । 
एक्लै बस्न रुचाउने, बिना कारण चिन्तित हुने, आँखामा आँखा जुधाउन कठिन हुने जस्ता लक्षण देखापर्ने अटिजमको समस्या कसरी हुन्छ भन्ने अझै पनि पत्ता लागेको छैन ।
 
यो समस्या समयमै पहिचान भए थेरापीद्धारा उनीहरुको अवस्थामा सुधार ल्याउन सकिने कार्यक्रम संयोजक बज्राचार्यको भनाई छ । 
उनका अनुसार संसारमा ६८ जना मध्ये एक जना शिुशु अटिजमको अवस्था लिएर जन्मने गरेको चिकित्सकहरुको भनाई छ । 

Last modified on 2016-04-01 19:17:37

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts