कान्तिपुर डेन्टलद्वारा ४ सय विद्यार्थीको निशुल्क दन्त परीक्षण

What's This?


Download our app to get more features

काठमाण्डौं, ८ असोज । कान्तिपुर डेन्टल कलेज एण्ड टिचिङ अस्पतालले सञ्चालन गरेको निशुल्क दन्त शिविरमा ४ सय विद्यार्थीले दाँत तथा मुख परीक्षण गराएका छन् ।

बिहीबार ललितपुरस्थित टिकाभैरवमा सञ्चालित शिविरमा बुद्ध पब्लिक स्कुलका विद्यार्थीहरुको दन्त तथा मुख परीक्षण गरिएको हो । एक दिने उक्त शिविरमा सोही विद्यालयका   शिक्षक, शिक्षिका एवं अभिभावकहरुलाई दन्त तथा मुख स्वास्थ्य सम्बन्धि प्रशिक्षण दिइएको  डा.स्मीता ढकालले जानकारी दिइन् ।

शिविरमा सहभागी विद्यार्थीहरुमा दाँत किराले खाने, दाँत फाटिएको लगायतका समस्या पाइएको चिकित्सकहरुले जनाएका छन् । विशेषगरी ६ देखि १२ वर्ष उमेर समुहका विद्यार्थीहरुको गिजामा समस्या देखिएको डा. ढकालले बताइन् । 

राजधानीको नजिकै रहेका बालबालिकाहरुमा दाँत ब्रस गर्ने बानीसमेत नभएको चिकित्सकहरुले बताए ।

सामुदायिक स्वास्थ्य सेवा अन्तर्गत आगामी दिनमा निरन्तर निशुल्क शिविरहरु सञ्चालन गर्दै लगिने अस्पतालले जनाएको छ ।


 

Last modified on 2017-08-18 16:45:21

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts