डेंगुको प्रभाव मध्य मंसिरसम्म रहने

What's This?


Download our app to get more features

चितवन,८ कार्तिक । चितिवनको रत्नगर क्षेत्रमा प्रकोपको रुपमा देखा परेको डेंगु रोगको प्रभाव मध्ये मंसिरसम्म कायम रहने जनाउँदै चिकित्सकहरुले सर्वासाधारणलाई सजग रहन अपील गरेका छन् ।

जमेको सफा पानीमा अन्डा पर्ने र दिनमा टोक्ने एडिस एजिप्टाइ जातको लामखुट्टेका कारण हुने डेंगु सहरिया रोगका रुपमा परिचित छ । सो लामखुट्टेका लागि मध्य मंसिरसम्मको तापमान अनुकुल रहने चिकित्सकले बताएका छन् ।

एडिस जातको लामखुट्ट तापक्रम २५ डिग्री सेल्सियसबाट तल झरेको अवस्थामा मात्र निष्क्रिय हुन्छ । 'लामोसमय वर्षा भयो । ठाउँठाउँमा पानी जमेको अवस्था छ । मध्य मंसिरपछि जमेको सबै पानी सुकेर तापमान पनिनि कम भएपछि एडिस जातको लामखुट्टे निष्क्रिय भएसँगै डेंगु पनि कम हुँदै जाला' भरतपुर अस्पतालका चिकित्सक डा. विजय पौडेलले भने ।

डेंगुको प्रकाेप बढेसँगै चितवन जिल्ला जनस्वास्थ्य कार्यालयले एडिस लामुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने अभियान तेज बनाएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

Last modified on 2017-08-11 14:49:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts