डेंगुको प्रकार छुट्टाउन रगत संकलन 

What's This?


Download our app to get more features

भरतपुर, ९ कार्तिक । उपचार तथा अनुसन्धानमा सहजता ल्याउने गरी इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखको टोलीले डेंगुको प्रकार छुट्टाउन रत्न क्षेत्रका संक्रमितको रगत नमुना संकलन गरेको छ ।

डेंगु भए नभएको पहिचान गर्न टोलीले लामखुट्टे र लार्भासमेत संकलन गरेको छ। महाशाखाका जनस्वास्थ्य प्रमुख  रेशम लामिछानेको टोलीले रगत संकलन गरेको हो । नमुना जाँच गरी डेंगुको जात छुट्टाउन सकिन्छ जनस्वास्थ्यका कीट नियन्त्रक निरीक्षक रामकुमार केसीले भने अहिलेसम्म ३० जनाबाट नमुना संकलन भइसकेको छ ।

डेंगु चार प्रकारका हुन्छन् । मुलुकमा यी सबे प्रकारका विरामी भेटिएका छन् । टोलीले संक्रमण फैलिएको क्षेत्रमा गाई लार्भा र लामखुट्टे सकंलन गरेको छ । भित्तामा बस्ने एडिस जातको लामखुट्टेलाइई पाइपले तानेर संकलन गरिएको छ । ती लामखुट्टेमा डेंगु भए नभएको परीक्षण गरिदैछ । आजको कान्तिपुर दैनिकमा समाचार छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts