'डाक्टर र नर्सले गलत अाैषधि खुवाएर ज्यान लिए'

What's This?


Download our app to get more features

वीरगञ्ज,९ कार्तिक । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालको आइसीयु कक्षमा उपचार गराइरहेकी एक महिलाको डाक्टर र नर्सको लापरवाहीका कारण मृत्यु भएको आरोप उनका आफन्तले लगाएका छन्  ।

पर्साको तलसीवर्वा गाविस १ बन्जारीकी ४५ वर्षिया निर्मला श्रीवास्तवको उपचारका क्रममा आइसीयूमा सोमबार विहान मृत्यु भएको हो ।

 यसअघि काठमाडौं गंगलाल हृदय केन्द्र अस्पतालमा उपचार गराइरहेकी मुटु रागकी विरामी निमलालाइ  त्यहाँका चिकित्सकले कार्तिक १८ गते शल्यक्रिया गर्नुपर्ने बताएका थिए । उनका आफन्तले निर्मलालाइ आइतबार विहान ३ बजेतिर नारायणी उपक्षेत्रीय अस्पतालको आइसीयू कक्षमा भर्ना गराएका थिए ।

 मृतककी दिदी  अन्नपूर्णा श्रीवास्तवले आइसीयूमा आइतबार राति ड्युटीमा रहेका डाक्टर अजित साहको सिफारिसमा स्टाफ नर्स सुभद्रा श्रेष्ठले गलत औषधि खुवाएका कारण निर्मलाको मृत्यु भएको आरोप लगाइन् । 

'गंगालाल हृदय केन्द्रका डाक्टरले नशाको औषधि खुवाउँदे नखुवाउनु भनेर पठाएका थिए', उनले भनिन 'तर डाक्टर अजितले नशाको सेरेनस नामक औषधि जबर्जस्ती खुवाउन लगाए । त्यसैकारण बहिनीको मृत्यु भयो ।' 

विरामीको अवस्था जटिल भएपछि मात्र उनका आफन्तले आइतरबा विहान तीन बजे अस्पतालमा ल्याएको राति उपचारका क्रममा उनको मृत्यु भएको  डाक्टर साहले बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । 

Last modified on 2016-10-25 08:27:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts