डेँगुबाट त्रसित नहुन स्वास्थ्य मन्त्रालयको आग्रह 

What's This?


Download our app to get more features

काठमाडौँ, ९ कार्तिक  । स्वास्थ्य मन्त्रालयले १३ जिल्लामा डेँगु प्रभावितको सङ्ख्या बढ्दै गएकाले सर्तक हुन तर त्रसित नहुन आग्रह गरेको छ । 

मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्यले आइतबारभन्दा सोमबार डेँगु प्रभावितको सङ्ख्या बढेको जानकारी दिए । उनका अनुसार झापामा डेँगुबाट आइतबार ३४ जना मात्रै प्रभावित देखिएकामा सोमबारसम्म प्रभावितको सङ्ख्या १ सय  पुगेको छ । 

ज्वरो आउने र शरीर शिथिल भएमा तत्काल अस्पताल जानसमेत उनले सबैलाई अनुरोध गरे ।  डेँगु लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले घर वरिपरि लामखुट्टे नआउने वातावरण बनाउन उनले आग्रहसमेत गरेका छन् ।  

झापा, चितवनलगायत केही जिल्लामा डेँगुको सङ्क्रमण पुष्टि हुनासाथ डेँगुविरुद्धको विशेष अभियान चलाइएको छ । महाशाखाका अनुसार चितवनमा ३६७, झापा १;सय, पर्सामा तीन, काठमाडौँ, रुपन्देही र कैलालीमा दुई/दुई जनामा सङ्क्रमण देखिएको छ ।

त्यसैगरी ललितपुर, धादिङ, काभ्रे, कास्की, स्याङ्जा, बागलुङ, बारा र सप्तरीमा एक/एक जनामा डेँगुको सङ्क्रमण पुष्टि भएको छ । 

डेँगु नियन्त्रण र प्रभावितलाई उपचारका लागि सबै ठाउँमा आवश्यक कीट, औषधिलगायत उपचार सामग्रीसहित चिकित्सकको टोली खटाइएको डा आचार्यले जानकारी दिए। -रासस

Last modified on 2017-08-10 17:50:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts