काठमाडौंमा रगतको चरम अभाव, ‘ब्लोदान’ भन्छ : यो लापरवाहीको पराकाष्टा हो 



Download our app to get more features

काठमाडौं, ९ कार्तिक । केही दिनदेखि काठमाडौँ उपत्यकामा ताजा रगतको अभाव भएपछि रक्तसञ्चार केन्द्र, नेपाल रेडक्रस सोसाइटीले सबैलाई रक्तदान गर्न अपिल गरेको छ ।

दसैँदेखि उपत्यकामा रगत सङ्कलन कार्यक्रम नभएको र रक्तदाताको उपस्थिति कम भएपछि रगतको अभाव हुन थालेको रक्तसञ्चार केन्द्रले जनाएको हो । रगतको अभाव देखिन थालेपछि बिरामी र उनीहरूका आफन्तसमेत समस्यामा परेका छन् ।

केन्द्रका उपनिर्देशक डा.प्रकाश कुमार यादवका अनुसार गत दशैंको पुर्णिमादेखि रगतको अभाव हुन थालेको हो । छठसम्म अभाव कायम रहने  सम्भावना भएकोले सबै रक्तदाताले नजिकको रक्तदान कार्यक्रम तथा रक्तसञ्चार केन्द्रमै आएर रक्तदान गरिदिन समेत उनले आग्रह गरेका छन् ।

रगतको चरम अभाव सिर्जना भएपछि   केन्द्रले व्यक्तिगत सम्पर्कमा रहेका  रक्तदाताहरु र १ हजार रक्त संकलन संस्थाहरुलाई खबर गरि रगत संकलनका लागि आह्वान गरेको यादवले बताए । 

केन्द्रका अनुसार प्लेटलेट्स र पिआरपि संकलनको लागि फ्रेस रगत चाहिने भएकोले समस्या परेको हो । हाल दैनिक अस्पतालबाट माग भएजति रगत संकलन गर्न नसकिएको केन्द्रको भनाई छ ।  

उपनिर्देशक यादवका अनुसार दसैँको फूलपातीसम्म एक हजार २ सय युनिटभन्दा बढी रगत सङ्कलन हुने गरेकोमा अहिले दैनिक ४ सय युनिट पनि सङ्कलन भएको छैन । देशभर रगत पुर्ति गर्ने संस्था एउटै मात्र भएकोले पनि यस्तो समस्या भएको यादबको भनाइ छ । 

स्वयंसेवी रक्तदाता र रक्तदान कार्यक्रम सञ्चालन गर्ने संस्थाले भने रक्तसञ्चार केन्द्रको लापरवाहीका कारण रगत अभाव भएको आरोप लगाउँछन् ।

'ब्लड डोनर्स एसोसिएसन' नेपाल (ब्लोदान) का अध्यक्ष महेन्द्रविलाश जोशीले रक्त सञ्चार केन्द्र, नेपाल रेडक्रस सोसाइटीको व्यबस्थापनको चरम लापरवाहीका कारण बर्षेनि रगत अभाव हुनेगरेको आरोप लगाए ।

केन्द्रले यस्ता कार्यक्रम गर्ने संस्था वा व्यक्तिलाई प्रोत्साहन गर्नुका साटो बेवास्ता गर्ने गरेकाले यो रगत अभावको समस्या दाहोरिने गरेको बताए ।

 जोशीले रेडक्रससँग प्रयाप्त रगत भएको बताउँदै सरकारले यसप्रति चासो नदिए आफुहरुले मात्रै केहि गर्न नसक्ने पनि बताएका छन् । उनले रेडक्रसले एक पोका रगतलाई तीन पोका बनाएर बेच्ने गरेको आरोप पनि लगाएका छन् ।

ब्लोदान अन्तर्गतका भातृसंस्थाहरुमा करिब चार हजारभन्दा बढी स्वयम्सेवी रक्तदाता आबद्ध रहेका छन् ।
 

Last modified on 2017-08-11 14:38:48

1 Comments

  1. Ram Keshari Shresthaon Wed, Oct 26 2016 02:43 AM

    Malawi ekpoka ragatlai duipoka gari becheko sunda jyadai dukhalagyo kasto sammako laparbahi cha raktsanchar Kendra.mero humble request cha ki.please swastha snag khelbad nagaridinuhola. Ragat jasto amulye bastuma careless nagaridinuhuna binamra anurodha gardachu.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts