'फोहरले डेंगु प्रकोप',झापामा एकसय भन्दा बढी संक्रमित

What's This?


Download our app to get more features

झापा ११, कार्तिक । तीब्र सहरीकरणसँगै फोहरकाे अव्यवस्थित विसर्जनले डेंगु संक्रमण बर्सेनी दोहारिने विज्ञहरुले बताएका छन् । केही अघिसम्म चितवनमा मात्रै सिमित यसको संक्रमण अहिले झापामा पनि उच्च छ । एक सातायता संक्रिमितको संख्या बढिरहेको छ ।

 तीब्र सहरीकरण भएको ठाउँमा फोहार विसर्जन अव्यवस्थित हुँदै गएको छ, जिल्ला जनस्वास्थ्य कार्यालयका झापाका प्रमुख मधुसुदन कोइरालाले भने, त्यही फोहारबाट डेंगु सार्ने लामखुट्टे जन्मिन्छ ।

उनका अुनसार एसी, फ्रिज, फूलका गमला, गाडीका पुराना टायरलगायतमा पनि पाँचदिनभन्दा बढी पानी जम्नासाथ डेंगेु सार्ने एडिस एजिप्टाइ जातको लामखुट्टे मौलाउँछ । त्यसबाहेक फोहारसँगै मिल्काइने बट्टा, प्लाष्टिकका गिलास तथा अन्य भाँडावर्तनमा ज्यादै थोरै परिमाणमा जम्ने पानीमा पनि यो लामखुट्टेले फुल पार्छ ।

त्यसैले जाभावी फहोर हुने तथा पानी जम्ने भाँडा तथा यन्त्र बढी प्रयोग हुने सहरी क्षेत्रमा डेंगु छिटो फलिने गरेको हो ।

पाँच वर्षअघि पहिलोपटक झापामा संक्रमण फेला परेको डेंगु त्यसयता हरेक वर्ष देखा परिरहेको छ । सहरको रोग पनि भनिने डेंगु झापमा पहिलो पटक सन् २०१२ मा काँकडभिट्टामा फेला परेको थियो ।

सन् २०१५ मा पीडित ८ जनामध्ये २ को मृत्यु भएको थियो । त्यस्तै बुधबार सँझसम्म डेंगु पीडितको संख्या १ सय १० पुगेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
 

Last modified on 2016-10-27 10:37:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts