जिल्ला स्वास्थ्य कार्यालयद्वारा बैतडीमा स्वास्थ्य शिविर अयोजना 

What's This?


Download our app to get more features

बैतडी, ११ कात्तिक । जिल्ला स्वास्थ्य कार्यालय बैतडीले बुधबारदेखि जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य शिविर सुरु गरेको छ । 

गर्भवती महिलाको अल्ट्रासाउन्ड गर्ने, गर्भवती महिलाका लागि पिएमटिसिटी रगत जाँच गर्ने, पाठेघर खसेका महिलाका लागि जाँच तथा रिङ्गपेसरी राख्ने, खकार परीक्षण, परिवार नियोजनका इम्पलान्ट र आइयुसिडी सेवा सञ्चालन गर्ने उद्देश्यसहित स्वास्थ्य शिविर सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका क्षयकुष्ठ सुपरभाइजर देव जोशीले जानकारी दिए । बुधबार भूमेश्वरमा सम्पन्न भएको शिविर आज रौलेश्वरमा सञ्चालन हुनेछ भने कार्तिक १२ गते शङ्करपुरमा सञ्चालन गरिने उनले बताए ।

यस्तै कात्तिक १३ गते गुजरमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेपछि कात्तिक २१ गते चौखाममा शिविर सञ्चालन हुने क्षयकुष्ठ सुपरभाइजर जोशीले जानकारी दिए ।  कात्तिक २३ गते शिवलिङ्गमा, कात्तिक २५ गते थालाकाँडामा, कात्तिक २५ देखि २७ गतेसम्म थालाकाँडाको मौरीबगरमा शिविर सञ्चालन हुने बताइएको छ । 
    
कात्तिक २९ गते ढुङ्गाडमा शिविर सञ्चालन हुनेछ भने कात्तिक २९ र ३० गते गाँजरीमा शिविर सञ्चालन हुनेछ । 

यस्तै गाँजरीमै कात्तिक २७ र २८ महिलाका लागि स्थायी बन्ध्याकरण सेवा पनि सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मङ्सिर १ गते सिगासमा शिविर सम्पन्न भएपछि मङ्सिर ३ गते सिद्धपुरमा शिविर सञ्चालन हुने जनाइएको छ । – रासस 
 

Last modified on 2017-08-13 11:25:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts