इन्हेलर उपचारः पाँचप्रश्न    



Download our app to get more features

पचारको क्रममा दिइने औषधिहरू विभिन्न प्रक्रिया र विधि अपनाएर दिइन्छन । मुखबाट खाएको  औषधि सामान्यत : आन्द्रामा गएर रक्त संचारमा सोसिन्छ ।  र, शरीरका विभिन्न अंगमा पुगेर आफ्नो असर गर्छ । त्यस्तै जटिल अवस्थामा रहेका बिरामीहरू (जो मुखबाट खान सक्दैनन्) लाई सिधै रक्तनलीमा औषधि दिइन्छ । स्वास– प्रश्वासको समस्या भएका बिरामीलाई दिइने इन्हेलर औषधि त्यस्तै विधिहरू मध्ये एक हो, जसमा औषधि लाई सिधै फोक्सोसम्म पुग्नका लागि बाह्यन्त्रको मद्दत लिइन्छ । यस्तो तरिकाबाट लिइने औषधि सिधै फोक्सो वा सास फेर्ने नालीमा पुग्छन र आफ्नो असर गर्छन । मुखबाट खाने औषधि भन्दा इन्हेलरबाट लिइने औषधिले द्रुत गतिमा काम गर्नुका साथै बढी प्रभावकारी पनि हुन्छन । औषधिको नगण्य मात्रामा मात्र रक्तसंचारमा पुग्ने हुँदा यिनले शरीरमा गर्ने साइड इफेक्ट पनि कम हुन्छ । त्यसैले यो इन्हेलर विधिलाई स्वास– प्रश्वासकोे उपचारको लागि सर्वोत्तम मानिएको छ । इन्हेलरको प्रयोग गर्दा सहि प्रक्रिया र बिधि अपनाउन जरूरी छ, जसले गर्दा उपचार प्रभावकारी होस् ।

१. कुन–कुन औषधिहरू इन्हेलरमा उपलब्ध छन् ?
सामान्यतः दीर्घकालिन श्वास–प्रश्वासमा लागि बिरामीले प्रयोग गर्ने ब्रोंको डाइलेटर इन्हेलरबाट दिइन्छ र त्यस्तै अवस्थामा र धुम्रपानबाट हुने फोक्सोको बिरामी  (सिओपिडी)लाई दिइने स्टेरोइड औषधि पनि इन्हेलरका रुपमा उपलब्ध छन । हाम्रो देशमा यी दुइ किसिमका औषधि मात्र इन्हेलरमा उपलब्ध भएता पनि बाह्य मुलुकमा ब्रोंकी एकट्यासीसका लागि खकार पातलो गर्ने औषधि (म्युकोलाइटिक) र विभिन्न जैविक औषधिहरू (एनटिबायोटिक) हरू पनि इन्हेलरका रूपमा उपलब्ध छन् । इन्हेलरको लोकप्रियता र सहज प्रयोगका कारण हालै मात्र अमेरिकामा मधुमेह रोगका लागि इन्हेल्ड इन्सुलिनको समेत प्रयोग सुरु भैसकेको छ ।

२. इन्हेलर यन्त्रहरू के के हुन् ?
सामान्यत इन्हेलर यन्त्रहरू तीन प्रकारका छन् । १. एमडीआइ (मिटरडोजइन्हेलर) २. डीपीआइ (ड्राइपाउडरइन्हेलर) ३. नेबुलाइजररने बुलाइजरको प्रयोग धेरै जस्तो जटिल र अस्पताल भर्ना भएको अवस्थामा गरिन्छ । एमडी आइरडीपीआइ सजिलोसँग बोक्न र प्रयोग गर्न सकिने भएकाले घरमै प्रयोग गरिन्छ । मिटरडोज इन्हेलरमा औषधि स्प्रेको रुपमा राखिएको हुन्छ,  त्यस्तै ड्राइ पाउडर इन्हेलरमा औषधिको धुलो क्याप्सुलमा राखिएको हुन्छ, जुन इन्हेलर डीभाइसद्वारा लिइन्छ । यसका अलावा एमडीआइसँग श्वासको राम्रो संयोजन गर्न नसक्ने बिरामी र बिशेषत :वृद्ध व्यक्तिले स्पेसर पनि साथमा प्रयोग गर्न सक्छन् ।

ठीक तरिकाले लिन सकेको खण्डमा सबै इन्हेलर यन्त्रहरू उत्तिकै प्रभावकारी छन् । तथापी साना उमेरका केटाकेटीहरू र केहि वृद्द उमेरकालाई डीपीआइ प्रयोग गर्न गार्हो हुनसक्छ । यस्तो अवस्थामा स्पेसरका साथ एमडीआई प्रयोग गर्न सकिन्छ ।

३. कुन इन्हेलर यन्त्र सबभन्दा उपयुक्त हुन्छ ?
ठीक तरिकाले लिन सकेको खण्डमा सबै इन्हेलर यन्त्रहरू उत्तिकै प्रभावकारी छन् । तथापी साना उमेरका केटाकेटीहरू र केहि वृद्द उमेरकालाई डीपीआइ प्रयोग गर्न गार्हो हुनसक्छ । यस्तो अवस्थामा स्पेसरका साथ एमडीआई प्रयोग गर्न सकिन्छ । निकै साना बच्चाहरूलाई भने स्पेसर र एमडीआईका साथ मास्कको पनि प्रयोग गर्नुपर्छ । अरू उमेरकाहरूको लागि भने बिरामीले रुचाएको यन्त्रनै सबभन्दा उपयुक्त इन्हेलर यन्त्र मानिन्छ ।

४.  इन्हेलर प्रयोग गर्ने तरिका के हो ? 

इन्हेलर प्रयोगगर्दा ध्यान दिनुपर्ने मुख्यकुरा भनेको इन्हेलर औषधि फोक्सोको भित्रि भागसम्म पुर्याउनुपर्छ भन्ने हो । यस प्रविधिको सफलता यसमानै निर्भर हुन्छ । इन्हेलर लिने सहि तरिका चिकित्सकबाट सिक्नु जरूरी छ । यसका अलावा औषधि दिने फर्मसिस्टले पनि औषधि दिंदा बिरामीलाई इन्हेलर लिने तरिका सिकाउनु पर्छ । ठुला र   श्वास–प्रश्वास क्लिनिकहरूमा भने यी औषधिहरू लिने विधि सिकाउने छुट्टै इन्हेलर एजुकेटरको पनि व्यवस्था गरिएको हुन्छ ।
र, अन्त्यमा सबभन्दा बढी सोधिने प्रश्न,

५. एकपटक इन्हेलर प्रयोग गरेमा बानि पर्छ ?
आस्थमारसी ओपीडी पनि मधुमेह र उच्च रक्तचाप जस्तै दीर्घकालिन रोगहुन । जसले दीर्घरूपमा फोक्सोलाइ क्षति पुर्याउँछ । यो क्षति रोक्न यिनको उपचार पनि लामो समयसम्म गरि रहनुपर्ने हुन्छ । लामो समय औषधि लिनु पर्नेहुनाले सबभन्दा प्रभावशाली र सब भन्दाकम (साइडइफ्फेक्ट) गर्ने इन्हेलर औषधि नै यसको सर्वात्तम उपचार हो । इन्हेलरको प्रयोगले बानी पर्दैन बरू यी दीर्घरोगहरूबाट फोक्सोलाई हुने हानिबाट बचाउन मद्दत गर्छ।


एमडी (मेडिसिन) जीआइ, चंढिगढ
डीएम (पल्मोनरी, क्रिटिकल केयर एण्ड स्लीप मेडिसिन), एम्स, नयाँदिल्ली,
कन्सलटेन्ट पल्मोनोलोजिस्ट, क्रिटिकल केयर फिजिसियन एण्ड स्लीप स्पेसलिस्ट

Last modified on 2016-11-03 17:11:31

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. तेजराज थापाon Fri, Nov 04 2016 04:37 PM

    पाम्रो संग सबैले सजिलै बझ्ने गरी लेख्नु भएको मा डाक्टर साब लाइ धेरै धेरै धन्यबाद


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts